प्रधानमन्त्री र विपिन जोशीका अभिभावकबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गरेका छन् ।
कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले शुक्रबार जोशीका बुवाआमासँग भेट गरेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

भेटमा जोशीका बुवाआमाले विपिनको उद्धारको पहलबारे प्रधानमन्त्रीसँग सोधेका थिए । सो क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर