त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका छन्। विमानस्थलमा रहेको भन्सार कार्यालयले २ जनालाई पक्राउ गरेको हो। फ्लाई दुबईको उडानमार्फत् बिहीबार राति काठमाडौं उत्रिएका गोरखा घर भएका चन्द्र घलेलाई पक्राउ गरिएको थियो। घले ठूलो परिमाणमा सुनसहित नेपाल आउन लागेको भन्ने पूर्व सूचनाका आधारमा भन्सारले निगरानी बढाएको थियो।

घले बुधबार नै काठमाडौं आउने भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो। उनी बुधबार आएनन्। बिहीबारसम्म निगरानी जारी राखिएको अवस्थामा भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो। घले पक्राउ परेपछि उनको कल डिटेल लगायतको परीक्षणपछि बिहीबार राति नै थप १ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने अर्का व्यक्तिमा गोरखा नै घर भएका मिनबहादुर घले छन्।

चन्द्रले सुनका ७ वटा विस्कुट शरीरमा लुकाइ–छिपाइ ल्याएका थिए। जोख्ने क्रमम उनले ल्याएको सुन १४ किलो देखिएको विमानस्थल भन्सार स्रोतले जानकारी दिएको छ। सुनको शुद्धता लगायत बाँकी परीक्षण भने शुक्रबार हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर