यस्तो छ इंग्लिस प्रिमियर लिगको नतिजा

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपुर वेस्टह्याम युनाइटेडसँग २-१ ले पराजित भएको छ। सुरुवाती अग्रता जोगाउन नसकेको टोटेनह्याम दोस्रो हाफमा दुई गोल खान पुग्दा पराजित भयो।

जितपछि वेस्टह्यामका प्रशिक्षक डेभिड मोयसले आफूले देखेको फुटबलमा उत्कृष्ट पुनरागमन जित भएको प्रतिकृया दिए। खेलमा क्रिश्टियन रोमेरोको हेडमार्फत् स्पर्सले ११ औं मिनेटमा अग्रता बनायो। पेड्रो पोरेरोजको कर्नरमा रोमेरोजले गरेको हेडमार्फत सुरुवाती अग्रता लिएको हट्सपुरविरुद्ध दोस्रो हाफमा वेस्टह्यामखेलमा फर्किएको थियो।

खेलमा ५२ औं मिनेटमा जेरोड बउनको गोलमार्फत वेस्टह्यामले बराबरी गोल गरेको थियो। खेलको ७४ औं मिनेटमा वार्ड-प्रउजले गोल गर्दा वेस्टह्यामले २-१ को अग्रता बनायो। त्यसपछि थप गोल हुन नसक्दा वेस्टह्यामले उत्कृष्ट जित निकाल्यो। जितसँगै वेस्टह्यमको २४ अङ्क भएको छ। पराजित टोटेनह्याम २७ अङ्कका साथ पाँचौं स्थानमा रहेको छ।

बिहीबार रातिनै भएको खेलमा न्युक्यासल युनाइटेडले रेलिगेशन क्षेत्रको एभर्टनसँग ३-० को फराकिलो हार भोग्यो। न्युक्यासललाई हराएसँगै एभर्टनले रेलिगेशन जोन छोडेको छ।अन्तिम १५ मिनेटभित्र ३ गोल गरेको एभर्टनले सनसनिपूर्ण जित निकालेको हो।

७९ औं मिनेटमा म्याकनेइलको गोलमा अग्रता बनाएको एभर्टनले ८६ औं मिनटमा डोकोउरको गोलमार्फत् अग्रता दोब्बर बनाए। इन्जुरी समयमा बेटुनकलले तेस्रो गोल गरेका थिए। जितपछि एभर्टन १० अङ्कका साथ १७ औं स्थानमा उक्लिँदा लुटन टाउन रेलिगेशन जोनमा परेको छ। पराजित न्युक्यासल भने २६ अङ्कका साथ सातौं स्थानमा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर