कवाडी गोदाममा आगलागी हुँदा तीनजनाको मृत्यु

काठमाडौं । विराटनगर महानगरपालिकाको वडा नं ७ सातघुम्ति स्थित कवाडी गोदाममा भएको आगलागीका घाइते सुनिता कामतको मृत्यु भएकाे छ । नेपाली सेनाको स्काई ट्रकबाट किर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकी सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन दाहालले जानकारी दिए । यससंगै आगलागीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

आगलागीबाट कवाडी सञ्चालक दीपक मण्डल र सुशिला पासवानकाे मृत्यु भएकाे थियाे ।  घाइतेमध्ये रिता सरदारको स्थिति चिन्ताजनक रहेको र अन्य घाइतेहरु विराटनगर महानगरपालिका वडा नं ६ का किशोर पासमान र कटहरीकी पिंकी कामतको स्थिति सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ ।
परफ्युमको बट्टा फुटाल्ने क्रममा कवाडीमा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदार किशोर पासवानले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर