“एनसेलमा कुन दलका नेताले कति रकम खाएका हुन् ?”

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनसेल प्रकरणमा कुन दलका नेताले कति रकम खाएका हुन्? भन्ने प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा बुधबार एक पोस्ट गर्दै उनले एनसेल प्रकरणमा छानबिनका लागि को ?को ? तयार हुने हो भन्दै प्रश्न गरेका छन्।

‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो। टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो?’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

उनको लेखाइ यस्तो छः-

“स्पाइस नेपालकाे नाममा अहिलेकाे एनसेल जन्मँदादेखि नै चलखेल थियाे । टेलियासाेनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारकाे ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हाे ??”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर