प्रिमियर लिग : लिभरपुल दोस्रो स्थानमा

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधवार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

जितसँगै लिभरपुल १५ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लदा समान खेलबाट ३२ अंक भएको एस्टन भिल्ला भने तेस्रो स्थानमा रहेको छ । ३६ अंक जोडेको आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।

बुधबार राति लिभरपुललाई जिताउनका लागि भान डिजिक र डोमिनिकले एक एक गोल गरेका थिए । ३७ औं मिनेटमा एलेक्जेन्डर आर्नोल्डको पासमा डिजिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

दोस्रो हाफको अतिरिक्त चौथो  मिनेटमा नुनेजको पासमा डोमिनिकले गोल गरेपछि लिभरपुल २–० को सहज जित निकाल्न सफल भयो । पराजित भएको सेफिल्ड युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर