एमाले जनताको राय, सुझाव संकलन गर्दै : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सुरु गरेको बताएका छन् ।

रुकुमपूर्व सिस्ने गाउँपालिका –६ रुकुमकोटमा एमाले रुकुमपूर्वले बुधबार आयोजना गरेको कोणसभामा उनले अहिलेको सरकारका कारण देश असफलताको बाटोमा गइरहेको कारणले एमालेले पश्चिम बैतडीदेखि पूर्वको पाँचथरसम्म सङ्कल्प यात्राको अभियान गरेको बताए ।

देश हरेक क्षेत्रबाट असफल भइरहेकाले देशलाई सही ढङ्गले निकास दिन मध्यपहाडी लोकमार्गअन्तर्गतका जनसमुदायसँग राय, सुझाव सङ्कलन लिने काम भइरहेको ओलीले बताए । देश असफलता तथा समस्यामा फसिरहेकाले समाधान गर्न जनतासँग एमालेले राय लिइरहेको उनको भनाइ छ ।

जनताबाट प्राप्त भएको रायअनुसार अभियान सम्पन्न भएपछि सरकारसँग संवादमार्फत देशलाई निकास दिनेतर्फ अघि बढाउने ओलीको प्रतिबद्धता छ । कर्मचारीलाई तलब खुवाउन पनि सरकारले ऋण लिनुपरेको अध्यक्ष ओलीले बताए ।

देशको कर्मचारीलाई समेत ऋण लिएर तलब खुवाउनु भनेको सामान्य कुरा होइन, देशको आर्थिक अवस्था कति नाजुक छ भन्ने कुरा त्यसबाट थाहा हुने उनको भनाइ छ । यस्तो अवस्थामा पनि सरकारले अर्थतन्त्र सुधारमा ध्यान नदिएको उनले टिप्पणी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर