नेप्सेमा झिनो सुधार, एक अर्ब १४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार साधार अंकको सुधार भएर बन्द भएको छ । आज नेप्से ३.३३ अंकले बढेर एक हजार ८ सय ४१ दशमलब ४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकम भने घटेको छ । एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । साथै विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.१३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर