बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माइन् !

काठमाडौं । बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माएकी हुन् ।

योभन्दा पहिला पनि उनले दुई सन्तानलाई बाटोमै जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लाग्नेबित्तिकै पानसरा घरबाट एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदैगर्दा उनले बाटोमा छोरी जन्माएको वडा स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले बताइन् । चँदाराका अनुसार रोकाया स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा बच्चा जन्माइरहेको फेला पारेपछि सहयोग गरेको बताइन् । पानसरालाई अत्यधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चँदाराको भनाइ छ ।

बाजुरामा पानसरा मात्र नभई धेरै आमाहरुले बाटोमा बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य चौकी गाउँदेखि टाढा भएपछि स्थानीय महिलालाई समस्या भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर