न्युरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा

काठमाडौं । संघीय राजधानी न्युरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापामा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर कैलाली घर भएका ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैधरूपमा सुन गाल्ने कारखानासमेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए। प्रहरीले सुन पनि बरामद गरेको छ। सुनको परिमाणबारे भने प्रहरीले केही बताएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर