इजरायलद्वारा गाजाको दक्षिणी भू-भागमा बमबारी तीव्र

काठमाडौं ।  इजरायलले गाजा क्षेत्रको दक्षिणी भू-भागमा बमबारी तीव्र पारेको छ। अन्धाधुन्ध बमबारीका कारण दक्षिणी गाजाको मध्य शहर देर अल–बालाहमा दर्जनौं मानिस मारिएको अलजजिराले जनाएको छ।

हमासका वरिष्ठ अधिकारीले इजरायलले गाजामा आक्रमण नरोकेसम्म कुनै वार्ता नगर्ने बताएका छन्। यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको सबैभन्दा अन्धकार युगमा प्रवेश गरेको टिप्पणी गरेको छ।

डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले दक्षिणी गाजाबाट विस्थापित हुने मानिसको संख्या अत्यधिक बढेको बताए। यसअघि उत्तरी गाजामा ध्यान केन्द्रित गरेको इजराइली सेनाले अहिले दक्षिणी भूभागमा घेरा हाल्दै सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ। इजरायलको आक्रमणका कारण गाजामा अहिलेसम्म १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर