अमेरिकी उच्च अधिकारी काठमाडौंमा, महत्वपूर्ण छलफल हुने

काठमाडौं  ।  दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का अमेरिकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर काठमाडौं आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि उनी आज बिहान भारत हुँदै काठमाडौं आइपुगेको परराष्ट्र मन्त्राललये जनाएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका उच्च अधिकारीलाई भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

लाउबाचर दक्षिण एसिया क्षेत्रलाई हेर्ने अमेरिकी अधिकारी हुन् । उनको पद रियर एडमिरल नेपालको उपरथिसरहको हो। शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका साझा चासोका विषयमा विचार आदानप्रदान गरिने दूतावासले जनाएको छ ।

लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा काम गरेकी थिइन् । साथै, उनले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन्।नेपालका परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि अमेरिकाको भ्रमण गरेपछि अमेरिकाबाट नेपालमा हुन लागेको यो नै उच्च तहको भ्रमण हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर