गृहमन्त्री भेट्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका श्रेष्ठको  डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

श्रेष्ठको स्वास्थअवस्था बारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका छन् । प्रधानमन्त्री दाहाल र उनकी सुपुत्री गंगा दाहाल सहितको टोली श्रेष्ठको स्वाथ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन । अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर