मंगलबजार-लगनखेलसम्म फुटपाथमा व्यापार निषेध

ललितपुर ।  अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने भएको छ। ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने भएको हो।

महानगरले मङ्सिर २४, आइतबारदेखि फुटफाटमा व्यापार गर्न नदिने भएको हो । सर्वसाधारणलाई हिँडडुल गर्नमै समस्या भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । मङ्गलवारदेखि माइकिङ र ब्यानर टाँसेर  आइतबारसम्म फुटपाथ व्यापार हटाउन ललितपुर महानगरपालिकाले अनुरोध समेत गरेको जानकारी दिएको छ । ललितपुर महानगरपालिकाले फुटपाथ व्यापारीहरूले सामान बेच्दा भिडभाड हुँदा हिँडडुलमै समस्या हुन थालेपछि सधैँका लागि फुटपाथ निषेध गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर