गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

हिजो मङ्गलबार नियमित स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेका श्रेष्ठलाई डा. अरुण मास्केसहितको चिकित्सकको टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गएको असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मुटुमा समस्या देखिएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर