आज एनसेलबारे लेखा समितिमा छलफल

काठमाडौं : सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे बुधबार छलफल गर्ने भएको छ। बैठक दिउँसो २ बजे बोलाइएको छ। एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो। यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समेत चासो देखाएका छन्। यसै विषयमा छलफल गर्न उनले मंगलबार साँझ बालुवाटारमा सत्ता गठबन्धनसहितको बैठक राखेका थिए।

गठबन्धनका शीर्ष नेता, सरकारका मन्त्री तथा सरोकारवाला निकायका कर्मचारीसमेत सहभागी बैठकले एनसेलको शेयर खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर