इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले जित निकालेको छ । गएराति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै वुल्भ्स विजयी भएको हो । वुल्भ्सको जितमा ह्वाङ ही चानले गोल गरेका थिए । खेलको ४२औँ मिनेटमा उनले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै १५ खेलबाट वुल्भ्स १२औँ स्थानमा रहेको छ । पराजित भएको वर्नली ७ अङ्कका साथ पुछारबाट दोस्रोमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर