धम्कीपछि प्रधानमन्त्री र सिंहदरबारको सुरक्षामा कडाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा फोनमार्फत धम्की आएको छ । धम्की आएपश्चात प्रधानमन्त्री कार्यालय र निवासमा सुरक्षा व्यस्था थप कडा पारिएको छ ।  एकजना महिला पूर्वलडाकुले नै प्रधानमन्त्रीको सचिवालयमा फोन गरेर धम्की दिएकी हुन् ।

पूर्वलडाकु मन्जु धमलाले सचिवालयका एक सदस्यलाई फोन गरेर आफ्नो माग पूरा नभएकाले अप्रिय कदम चाल्ने धम्की दिएकी हुन् । ती पूर्वलडाकु महिला जनयुद्धको बेला कम्पनी कमाण्डर रहेकी बताइएको छ । ती महिलाले यसअघि पनि नेताहरूलाई धक्की दिँदै पैसा माग्ने गरेको प्रहरी स्रोतले बताएको छ । उनलाई प्रहरीले निगरानीमा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर