पेट पाल्न विदेश जानुपर्ने अवस्थाको अन्त्य होस् भन्दै ओलीलाई ९ वर्षे बालकको पत्र

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पेट पाल्नको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै एक बालकले पत्र दिएका छन् । सुर्खेतबाट सल्यान हुँदै जाजरकोट पदयात्राका क्रममा ९ वर्षीय बालक किशोर पौडेलले उनलाई पत्र दिएका हुन् । उक्त पत्रमा ‘म र म जस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनुस्’ भन्दै बालकले अनुरोध गरेका छन् ।

ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त पत्र सार्वजनिक गर्दै मध्यपहाडी राजमार्ग निर्माण थालिएको त्यसकै लागि भएको बताएका छन् । उनले भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि भन्दै यसलाई छिटो सम्पन्न गर्नुपर्ने बताए । उनले स्ट्याटसमा लेखेका छन् ‘हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’ उनले ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार र चिल्ला सडकहरूले उक्त बालकको सपना पुरा गर्न सघाउने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर