एनसेलको शेयर बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
काठमाडौँ । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । एनसेल कार्यालय अगाडि मंगलबार नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको थियो ।
अध्यक्ष समिक बडालले आफ्ना मागहरू पूरा नभए एनसेलका गाडीहरू समेत चल्न नदिने चेतावनी दिएका छन् । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
प्रतिक्रिया