हमास–इजरायल युद्धका क्रममा ६३ जना सञ्चारकर्मी मारिए
काठमाडाैं । हमास–इजरायल युद्धका क्रममा अहिलेसम्म ६३ जना सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समिति (सीपीजे)ले डिसेम्बर ४ सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको जनाएको छ ।
अल कुड्स टिभीका हसन फराजल्लाह र दक्षिणी गाजाको रफाहमा इजरायली हवाई हमलामा आफ्ना परिवारका सदस्यहरूसँगै मारिएका अल मजेदत नेटवर्कका पत्रकार शिमा अल गज्जरको मृत्युसमेत समावेश छ।
यसरी मारिने पत्रकारमा ५६ प्यालेस्टाइनी, चार इजरायली र तीन लेबनानी रहेको बताइएको छ ।
सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।’ एजेन्सी
प्रतिक्रिया