टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध दायर रिटमाथि सुनुवाई हुँदैछ ।

सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै मंगलबारका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । अधिवक्ता दिनेश त्रिपाठीसहित प्रतिबन्धविरुद्ध सर्वोच्चमा १४ वटा रिट दायर भएका छन् । १४ वटा मुद्दाको मंगलबार एकै पटक पूर्ण सुनुवाई हुन लागेको हो ।

यसअघि गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।

गत कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर