पोर्चुगल पठाउने भनी साढे सात लाख ठगी गर्ने पक्राउ

काठमाडौं । पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन रहेका ४३ वर्षीय सुष्माकुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार स्थायी घर बारा निजगढ – ४ भइ हाल तारकेश्वर नगरपालिका वडा नं. ८ बस्ने खड्काले राजु शाहीलाई पोर्चुगल जान ११ लाख रुपैयाँ लाग्ने र त्यहाँको एक होटलमा वेटरको काममा मासिक एक लाख २० हजार रुपैयाँभन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारेका थिए । उनलाई सोमबार काठमाडौं बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर