“अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका हौँ”

काठमाडौं । लोपोन्मुख राउटे जातिका मुखिया सूर्यप्रकाश शाहीले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन्। बैतडीको राकमबाट सुरु भएको ‘झुलाघाट चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जीविकोपार्जनका लागि बनाउँदै आएको कोसी उपहार दिएका हुन्।
उपहार ग्रहणपश्चात् एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फूलको माला निकालेर लगाइदिएका थिए। त्यस क्रममा अध्यक्ष ओलीले एमाले राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले सहयोग गर्न तयार रहेको बताएका थिए।
स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुर्ख्यौली पेसा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै एमाले अध्यक्ष ओलीले सहयोग गर्नुहोला भन्ने लागेर भेट्न आएको बताएका थिए।

राउटे मुखिया शाहीले भने, ‘हामी प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आको। हामीलाई जंगलमा बस्न समस्या छ। ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै सहयोग गर्‍या। अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका हौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर