विप्लवलगायत नेकपाका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौं  जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदलतले ३५ दिनको समय दिएर उनीहरुविरुद्ध राज्यविरुद्धको कसुरसम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले नेकपा महासचिव चन्दसहित उनका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना गोरखापत्र दैनिक मार्फत सार्वजनिक गरेको छ ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ  । विप्लव नेतृत्व गरेको दल नेकपा समाजवादी मोर्चामा आबद्ध छ । जुन मोर्चामा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका साथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसमेत आबद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर