नेपालको पश्चिम भेगका केही ठाउँमा वर्षा र हिमपात

काठमाडौं ।  नेपालको पश्चिम भेगमा केही ठाउँमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा हल्का वर्षासहित हिमपात भएको हो । मौसम बदली भएसँगै चिसो बढेको छ । आज कोशी र मधेश प्रदेशबाहेक देशका अरु ठाउँमा बदली भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमबाट शुरु भएको बदली पूर्वतिर सरिरहेको छ । बेलुकीदेखि मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँको मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर