मुगुमा हिमपातले जनजीवन प्रभावित

काठमाडौं ।  मुगुमा चिसो बढेसँगै जिल्लाको विभिन्न ठाँउमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको छायाँनाथ रारा नगरपालिका , सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिका लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन ।

घाम नलाग्दा जिल्लामा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि नागरिकको जनजीवन प्रभावित भएकाले चिसोबाट जोगिनका लागि सोमबार छायाँनाथ रारा नगरपालिकाले भेडा चरनका लागि गोठालाहरुलाई लेकमा नजान आग्रह गरेको छ । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बालबालिकालाई मात्रै नभई ज्येष्ठ नागरिक पनि प्रभावित भएको भन्दै जाडो बढेको बेला बुढापाका घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको सुझाव दिए । ज्येष्ठ नागरिक, बालबालिका चिसो बाट जोगिनका लागि न्यानो कपडा र तातोपानी नियमित प्रयोग गर्न उनको सुझाव छ ।

चिसो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएको छायाँनाथ रारा नगरपालिका-२ की जयलक्ष्मी मल्ल बताउँछन् । चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनुपर्ने जिल्ला अस्पताल मुगुका डाक्टर कर्णराज भामको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने उनको भनाइ छ । उनले चिसोमा रोटा भाइरसका कारण बच्चालाई झाडापखाला हुन सक्ने सम्भावना रहेको बताए । चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनुपर्ने, जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने  डाक्टर भामले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर