बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा

काठमाडौं ।  स्पेनिस क्लब बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले जोवाओ फिलिक्सको एकमात्र गोलमा एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको हो।

पोर्चुगिज फर्वाड फिलिक्स लोनमा एट्लेटिकोबाट बार्सिलोना पुगेका थिए। जहाँ उनले आफ्नो पूर्व क्लब विरुद्ध गोल गर्दै टिमलाई निर्णायक तीन अंक दिलाए। २८ औं मिनेटमा राफिन्हाको पासलाई उनले सदुपयोग गरेका थिए।

मेम्फिस डिपेले आफ्नो पूर्व क्लब विरुद्ध गोल नजिक पुगे पनि एट्लेटिकोलाई बराबरीमा ल्याउन भने सकेनन्। बार्सिलोनाले पनि गोलका केही राम्रा मौका चुकाएको थियो। उसका लागि रोवर्ट लेवान्डोस्कीले केही राम्रा अवसरमा गोल गर्न चुके। साविक विजेता बार्सिलोना एट्लेटिकोलाई हराएसँगै ३४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। तर ऊ शीर्ष स्थानका रियल र जिरोनाभन्दा ४ अंकले पछि रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर