लिभरपुल र चेल्सीले जित निकाल्दा सिटीको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले संघर्षपूर्ण जित निकाल्दा म्यानचेस्टर सिटी भने टोटेनह्यामसँग ९० औं मिनेटको गोलमा रोकिएको छ। सिटी र टोटेनह्यमबीच ३-३ गोलको रोमाञ्चक बराबरी भएको खेलमा ९० औं मिनेटमा टोटेनह्याम मिडफिल्डर डेजन कुलुसेभेस्कीले गोल गर्दै अंक खोसेका थिए।

त्यसअघि सिटीका लागि गत अप्रिलपछि ज्याक ग्रेलिसले ८१ औं मिनेटमा हालान्डको पासलाई सदुपयोग गर्दै टिमलाई जित नजिक पुर्‍याएका थिए। तर अन्तिम मिनेटमा उसले अंक बाँड्नु परेको हो। त्यसअघि सन ह्युङ मिनको छैटौं मिनेटको गोलमार्फत टोटेनह्यामले खेलमा अग्रता बनायो। तर सनले नै ९ औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा खेल १-१ गोलको बराबरीमा आयो।

फिल फोडेनले अल्भारेजको पासलाई सदुपयोग गर्दै ३१ औं मिनेटमा सिटीलाई अग्रता दिलाए। तर दोस्रो हाफमा टोटेनह्यामले खेल बराबरीमा ल्यायो। उसका लागि लो सेल्सोले ६९ औं मिनेटमा बराबरी गोल गरेका थिए। त्यसपछि खेल झनै रोमाञ्चक बनेको थियो। त्यसअघि आइतबार नै भएको खेलमा चेल्सीले इन्जो फर्नान्डेजको दुई गोलको सहयोगमा ब्राइटनलाई ३-२ ले पराजित गर्न सफल भयो। ४५ औं मिनेटमा नै १० खेलाडीमा समेटिएको चेल्सीका लागि फर्नान्डेजले १७ औं मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाए।

टिमका लागि दोस्रो गोल कोलविलले २१ औं मिनेटमा गरे। ४३ औं मिनेटमा ब्राइटनका बुओनानोटेले गोल गर्दा पहिलो हाफमा २-१ को अग्रता बनाउन चेल्सी सफल भयो। ४५ औं मिनेटमा दोहोरो पंहेलो कार्ड खाँदै कनर गल्लाघर मैदान छाडेपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो। दोस्रो हाफमा फर्नान्डेजले पेनाल्टीमार्फत ६५ औं मिनेटमा टिमलाई ३-१ मा पुर्‍याउँदा इन्जुरी समयमा ब्राइटनका जोय पेड्रोले गोल गरेपनि टिमको हार टार्न पर्याप्त भएन।

त्यस्तै, अर्को खेलमा लिभरपुलले ३-२ ले फूलहमलाई पराजित गर्‍याे। लिभरपुलको जितमा अन्तिम दुई मिनेट बाँकी रहँदा ट्रेन्ट अलेक्सेन्डर अर्नोल्डले गरेको गोल निर्णायक बन्यो। त्यसअघि बर्न्ड लेनोको आत्मघाती गोलमार्फत २० औं मिनेटमा लिभरपुलले अग्रता बनाएको थियो। २४ औं मिनेटमा विल्सनले खेल बराबरीमा ल्याए। लगत्तै एलेक्सिस म्याक एलिस्टरले ३८ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाउँदा टेटाले पहिलो हाफको इन्जुरी समयमा फूलह्यामलाई बराबरीमा पुर्‍याएका थिए।

८० औं मिनेटमा फुलह्यामले तेस्रो गोल गर्दा त्यसपछि १० मिनेटमा लिभरपुलले दुई गोल गर्दै जित हासिल गर्‍याे। वाटरु इन्डोले ८७ औं मिनेटमा र अर्नोल्डले ८८ औं मिनेटमा गोल गरेका थिए। १४ खेलपछि लिभरपुल ३१ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा ३० अंक बनाएको सिटी तेस्रो स्थानमा रहेको छ। त्यस्तै, टोटेनह्याम २७ अंकका साथ पाँचौं तथा चेल्सी १९ अंकका साथ १० औं स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर