१० रन जोड्न नसक्दा भारतसँग अस्ट्रेलियाको हार

काठमाडौं ।  अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलियाले भारतविरूद्धको पाँचौ टी-२० खेलमा पनि हार बेहोरेको छ। आइतबार बेंगलुरुमा भएको खेलमा अस्ट्रेलियामाथि ६ रनको जित निकालेको घरेलु टिम भारतले भने सिरिज ४-१ ले जितेको छ। पहिलो, दोस्रो र चौथो खेल जित्दै भारतले यसअघि नै सिरिज जितेको थियो। अस्ट्रेलियाले भने तेस्रो खेलमा जित निकालेको थियो।

आइतबार भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको थियो।अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले भारतका अर्शदीप सिंहको पहिलो दुई बलमा रन लिन सकेनन् भने तेस्रो बलमा क्याच भए। श्रेयस अय्यरबाट क्याच हुनुअघि उनले १५ बलमा २२ रन जोडे। अन्तिम तीन बलमा १० रन चाहिदा अस्ट्रेलियाले ३ रन मात्र जोड्दा ८ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो। त्यसअघि अस्ट्रेलियाका बेन म्याकडरमटले ५४ रनको योगदान गरे।

बलिङमा भारतका मुकेश कुमारले ३ विकेट लिए भने अर्शदीप सिंह र रवी विश्नोइले २-२ विकेट लिन सफल भए। अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन जोड्यो। भारतका लागि श्रेयष अय्यरले ५१ रन र अक्षर पटेलले ३१ रन बनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर