दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई स–शरीर अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। थापाका तर्फबाट सरला विष्टसमेतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नामक आन्दोलनका क्रममा थापा गत सोमबार काठमाडौंको सिनामंगलबाट पक्राउ परेका थिए । उनलाई गैरकानुनीरूपमा थुनामा राखेको भन्दै विष्टले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उनले रिटमा थापालाई तत्काल थुनामुक्त गराउने माग पनि गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर