“मेरो कारणले ३१ जना यात्रु छुट्नुभयो, थाहा पाएको भए कुरेरै लैजाने थिएँ”

काठमाडौं ।  प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफ्नो यात्राका क्रममा छुटेका नेपाल एअरलाइन्सका यात्रुहरूको बारेमा दुबइ पुगेपछि मात्रै जानकारी भएको स्पष्टीकरण दिएका छन्। यूएईको पाँचदिने भ्रमण सकेर फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यात्रु छुटेको थाहा पाएको भए कुरेरै लैजाने पनि बताए।

‘यदि मलाई २ घन्टा अगाडि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्छन भन्ने थाहा भएको भए म दुई घन्टा छिटो ल्याउन दिँदैनथेँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दुई घन्टा अघि ल्याउनपर्ने भन्ने मेरो मनसाय पनि थिएन। मैले क्यानले कसरी मिलायो भन्ने मात्रै बुझेँ।’

उनले आफूलाई सोबारे यूएई पुगेपछि मात्रै थाहा भएको बताए। ‘मैले उहाँ पुगेपछि मात्रै थाहा भयो कि मेरो कारणले ३१ जना यात्रुहरू छुट्नुभयो। मैले उहाँ साथीहरूलाई पनि त्यही कुरा भनेको थिएँ,’ उनले भने। कोप–२८ मा सहभागी भएर आइतबार साँझ काठमाडौँ प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर