यात्रुकाे ह्यान्डब्यागमा रहेकाे पावर बैंक पड्किँदा आगाे लाग्याे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । प्रतीक्षालयमा बसिरहेकी एक चिनियाँ यात्रुको ह्यान्डब्यागमा आज आइतबार आगो लागो लागेको हो ।

उनी जान लागेको विमान एअर चाइनाको उडान हुनै लागेको थियो । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अघि प्रतीक्षालयमा बसिरहेकी उनको पावर बैंक शर्ट भएर पड्किँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले बताए । यात्रुको ह्यान्डब्यागमा लागेको आगो तत्काल निभाइएको थियो ।

ती यात्रुले पिठ्युँमा ह्यान्डब्याग बोकेकी थिइन् । ह्यान्डब्यागभित्र रहेको पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला पड्किएर आगो लागेको हो । उनी सुरक्षित रहेको विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर