फागुन १ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने दुर्गा प्रसाईंको उद्घोष

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताएका छन् । राजाले मेचीमा बालेको दीयो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उनको दाबी छ ।

‘झापामा राजाले मेचीमा बालेको दीयो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौं’, आइतबार बिहान पत्रकार सम्मलेन गर्दै उनले भने, ‘अब यो व्यवस्था परिवर्तन हुन्छ ।’ प्रसाईँले राजाले पनि चुप लागेर दरबारभित्र बस्न छाडेर जनताको आँसु पुछ्न सडकमा आउनुपर्ने बताए ।

उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । मङ्सिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने उनको दाबी छ । उनले नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरू,युटुबर भनेर हेपिएका मूलधारबाहिरका सञ्चारकर्मीहरूलाई समेत समेटिने बताए । प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा सङ्घको दादागिरी पराजित गर्न सकिएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर