सिटी, चेल्सी, लिभरपुललगायतको आज पाँच खेल

काठमाडौं ।  इङ्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र ब्राइटन, लिभरपुल र फुलहम, वेस्ट ह्याम र क्रिस्टल प्यालेस तथा बर्नमाउथ र एस्टनभिल्ला नेपाली समय अनुसार बेलुका पौने ८ बजे खेल्नेछन् । त्यस्तै म्यानचेस्टर सिटी र टोटनहमबीच राति सवा १० बजे खेल हुनेछ ।

सिटी दोस्रो स्थानमा छ । उसको १३ खेलमा २९ अङ्क छ । हिजो भएको खेलमा शीर्ष स्थानको आर्सनलले ४ अङ्कको अग्रता बनाएको छ । उसको १४ खेलमा ३३ अङ्क छ । प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भयो । युनाइटेडलाई न्यूक्यासलले १–० गोलले हराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर