सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला १८ सय रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगिएको छ । शुक्रबारको तुलनामा आइतबार (मंसिर १७ गते) प्रतितोला १८सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १९ हजार र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले बढ्दै १ हजार ५४५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर