आर्सनलको अग्रता कायमै

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले सहज जित निकालेको छ । शनिबार राति इमिरेट्स स्टेडियम लन्डनमा भएको खेलमा वुल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो  ।

आर्सनलको जितमा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए । वुल्भ्सका म्याथिअस कुन्हाले एक गोल फर्काएका थिए ।

खेलको १३औँ छैटौँ मिनेटमा साकाको गोलसँगै आर्सनलले सुरुवाती अग्रता लिएको थियो भने १३औं मिनेटमा ओलेक्सान्डरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बताए ।

त्यसपछि खेलको ८६औँ मिनेटमा वुल्भ्सका कुन्हाले गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए पनि हारबाट जोगाउन सकेनन्।

यो जितसँगै आर्सनल १४ खेलबाट ३३ अंकसहित शीर्षस्थानमा यथावत छ । पराजित भएको वुल्भ्स ५ अंकका साथ १३औँ स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ अंक छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर