अन्तर्राष्ट्रिय अपाङ्गता दिवस  विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज आइतबार डिसेम्बरको ३ तारिक अन्तर्राष्ट्रिय अपाङ्गता दिवस  विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ ।

‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारासहित नेपालमा पनि विभिन्न चेतनामूलक तथा सृजनात्मक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्गता दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

राष्ट्रपति पौडेलद्वारा शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुभकामना दिएका छन् । ‘अपाङ्गता भएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको प्रवर्धन, मर्यादा र सामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गर्दछु, ’ राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताए ।

“यस वर्षका अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसङ्घको प्रतिबद्धतालाई बलियो बनाएको छ”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।

उनले यो ऐक्यबद्धता र प्रतिबद्धतालाई आत्मसात् गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर