फिलिपिन्समा गयो ७.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।  फिलिपिन्सको मिन्डानाओ टापुमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार फिलिपिन्सको स्थानीय समयअनुसार शनिबार राति साढे १० बजेतिर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् ।

भूकम्पको धक्का फिलिपिन्स र वरपरका मुलुकमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमको भनाइ छ ।

भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय समयअनुसार मध्यरातमा आउनसक्ने र चार घण्टासम्म जारी रहने अनुमान गरिएको छ ।

जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउनसक्ने चेतावनी जारी गरिएको जनाएको छ । यो चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका बस्ती खाली गराउन सुरु गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर