प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौं । जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघको कोप २८ सम्मेलनमा सहभागी हुने क्रममा युएइको दुबइमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

भेटमा द्विपक्षीय हितका बारेमा पनि छलफल भएको बताइएको छ । यसैगरी प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल मारियो डायज क्यानेली बीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर