नेपाल सुपर लिगमा आज डबल हेडर खेल हुने

काठमाडौं ।  नेपाल सुपर लिग एनएसएलमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्सबीच हुने छ । उक्त खेल दिनको एक बजे दशरथ रंगशालामा दिनको एक बजे हुने छ । झापाको यो दोस्रो खेल हो । झापा पहिलो खेलमा स्पोटिङ इलामसँग पराजित भएको थियो । पोखरा भने जारी सिजनमा अपराजित रहेको छ । पहिलो खेलमा चितवन एसीलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा ललितपुर सिटि एफसीसँग गोलरहित बराबरी खेलको थियो ।

त्यस्तै आजै हुने दोस्रो खेलमा ललितपुर सिटि एफसी र धनगढी खेल्ने छन् । खेल साँझ ५ः३० बजे हुने छ । अपराजित रहेको धनगढीको ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ललितपुरको चार अंक रहेको छ । धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २–१ ले र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको थियो । त्यस्तै लालितपुरले पहिलो खेलामा बुटवल लुम्बिनीलाई २–० र पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर