राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हो। मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम तय भएको छ। राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ। पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह्न ३ः०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ। आगामी फागुन २० गतेबाट राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एक तिहाई अर्थात २० जना सांसदको पदावधि सकिँदैछ। संविधानमा यसरी कार्यकाल सकिँने ३५ दिनअघिनै निर्वाचन गर्नुपर्ने ब्यवस्था रहेको छ । सरकारले गत ७ गते बसेको मन्त्रिपरिषद्कोृ बैठकमा ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर