एनसेलको शेयर बिक्री तत्काललाई रोकियो

काठमाडौं । एनसेलको मलेसियन साझेदार आजियटाले शेयर बिक्री गरी आफ्नो लगानी फिर्ता लैजाने गरेको तयारी केही समयलाई अड्किने भएको छ । उच्च अदालत पाटनले आजियटालाई एनसेलमा रहेको आफ्नो शेयर बिक्री नगर्न शुक्रबार अदालतले यसबारे प्रारम्भिक सुनुवाइ गर्दै छलफलमा दुवै पक्षलाई बोलाएपछि उक्त अवस्था देखिएको हो ।
केही दिनअघि आजियटाले नेपालमा व्यावसायिक वातावरण नरहेको भन्दै आफ्नो लगानी फिर्ता लैजाने घोषणा गरेको थियो । एनसेलको शेयर बिक्री गरी विदेशी लगानीकर्ता बाहिरिने देखिएपछि गोकुलबहादुर रोकायले शेयर कारोबार रोक्न उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले आज  दुवै पक्षलाई छलफलमा बोलाउने भनेको छ । अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले शुक्रबार उक्त आदेश दिएका हुन् । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहित अतिश कार्की र कमल कोइरालाले बहस गरेका थिए ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले निवेदनमा उल्लेख गरेको विषयवस्तु र आजियटा ग्रुपबाट एनसेलको टिमलाई जानकारी गराएको सूचना समेतका सन्दर्भबाट हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा आदेश जारी गर्न उपयुक्त र मनासिब देखिँदा २०८० साल मंसिर २५ गतेको छलफल पेशी तोकी सोको सूचना पक्षहरूलाई रितपूर्वक दिई नियमानुसार पेश गर्नु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर