आइसीसी क्रिकेट वर्ल्ड लिग २ को पहिलो सिरिज नेपालमा हुने

काठमाडौं ।  आइसीसी क्रिकेट वर्ल्ड लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।   नेपाल क्रिकेट संघ क्यानले फाल्गुन ५ बाट नेपालमा सुरु हुने पहिलो सिरिज खेल्नका लागि नामिबिया र नेदरल्याण्ड्स नेपाल आउने जनाएको हो । क्यानले उक्त सिरिज नेपालमा हुने भनेर आफ्नो सामाजिक सञ्जालमार्फत शुक्रबार जानकारी गराएको हो ।

सन् २०२७ सम्म चल्ने लिग २ को यो दोस्रो संस्करण हो । आइसीसीका अनुसार दोस्रो संस्करणको लिग २ मा आठ राष्ट्र रहनेछन् । पहिलो संस्करणमा सात राष्ट्रमात्र थिए । गत संस्करणको लिग २ मा नेपालले अन्तिम १२ खेलमा ११ खेल जित्दै तेस्रो स्थानमा रहँदै एकदिवसीय विश्वकपको छनोटमा सिधै प्रवेश गरेको थियो । पहिलो स्थानमा स्कटल्याण्ड रहेको थियो भने ओमान दोस्रो स्थानमा रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर