मधेश प्रदेशले आर्मीलाई दियो १३६ रनको लक्ष्य

काठमाडौं ।  पोखरामा जारी केपी ओली टी–२० क्रिकेट प्रतियोगितमा उपाधि जित्नका लागि विभागीय क्लव त्रिभुवन आर्मीले १३६ रनको लक्ष्य पाएको छ । पोखरा रंगशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।

मधेश प्रदेशका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए । उनले ३२ बलमा समान तीन तीन चौका र छक्का प्रहार गर्दै अविजित ४९ रन बनाए । त्यस्तै प्रदिप पाशवान ४ रनमा अविजित रहे । त्यस्तै हरिशंकर साहले २७, हिमान्सु दत्तले १४ विशाल सुस्लिङले १० रनको योगदान गर्दा अन्य खेलाडी दोहोरो अंकको रन बनाउन सकेनन् । पवन सर्राफले ९, इमरान शेखले ८, अनिल साहले ६ तथा मायान यादवले तीन रन बनाए । रुपेश सिंहले रनको खाता नै खोल्न सकेनन् । आर्मीका लागि शाहब आलम र विकेक यादवले समान तीन तीन विकेट तथा सोमपाल कामी र बसिर अहम्मदले एक एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर