राजतन्त्रको भूतप्रेत ल्याउने सपना नदेख्न ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेराजतन्त्र पुनः फिर्ता ल्याउने भन्ने सपना नदेख्न चेतावनी दिएका छन्। मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको संकल्प यात्राको दोस्रो दिन डडेलधुराको अमरगढीमा आयोजित सभामा ओलीले चिहान खनेर राजतन्त्रको भूतप्रेत ल्याउने सपना नदेखे हुने बताए ।

नेपालमा अस्थिरता मच्चाउन खोज्नेहरुले आतंककारी कार्य गरिरहेको टिप्पणी गर्दै उनले सत्ता गठबन्धन र कांग्रेसका नेताहरु अहिले सत्ता कसरी जोगाउने अनि कसरी मन्त्री हुनेका साथै कसरी बढी कमाउने भन्ने धन्दामा लागेको आरोप पनि लगाए। ओलीले अर्थतन्त्र ओरालो लागेको र कर्मचारीलाई तलब खुवाउन समेत आन्तरिक ऋण उठाउनुपर्ने अवस्था भएको दाबी गरे। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार छेस्कोको भरमा अडेको दाबी गर्दै उनले कुनै पनि बेला यो सरकार ढल्न सक्ने औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर