जेरुसेलममा गोली चल्दा ५ जनाको मृत्यु

काठमाडौं । जेरुसेलममा बिहीबार भएको गोली हानाहानमा दुई बन्दुकधारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र आपत्कालीन सेवाहरूले जानकारी दिएका छन् । दुई बन्दुकधारीले जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा गोली हान्दा उनीहरूको मृत्यु भएको हो ।

एक २४ वर्षीया महिलाको घटनास्थलमा मृत्यु भएको घोषणा गरिएको थियो । जबकि दुई वृद्ध पीडितको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । सोही बस स्टपमा नोभेम्बर २३, २०२२ मा भएको घातक बम आक्रमणको झन्डै एक वर्षपछि यो आक्रमण भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर