सुन प्रति तोला तीन सयले सस्तियो

काठमाडौं ।  नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज भने तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ । बिहीबार भने सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार ५४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर