भारतमा नक्कली सिरप सेवनबाट पाँच जनाको मृत्यु

काठमाडौं ।  भारतको गुजरात राज्यमा नक्कली सिरप सेवन गर्दा दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। अन्य दुई जना अस्पताल भर्ना भएका छन्। प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो। प्रहरीका अनुसार सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको छ।

‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ’, वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई भने। एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा ‘मिथाइल अल्कोहल’ रहेको पुष्टि गरेको उनको भनाइ छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो। प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर