नेपाल वायुसेवा निगमको क्षमायाचना

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल सवार दुबईको उडानमा बिहीबार छुटेका यात्रुलाई नेपाल वायुसेवा निगमले वैकल्पिक उडानबाट पठाउने जनाउँदै माफी मागेको छ । निगम प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै २ सय ७४ यात्रुमध्ये ३१ जना छुटेकामा क्षमायाचना गरेका हुन् ।

‘निगमले ७ गते नै बिहीबारको आरए २२९ उडान सार्ने निर्णय गरेको थियो,’ निगमको वाणिज्य विभागका एक उपनिर्देशकले भने, ‘हामीले सबै यात्रुलाई उडान सार्ने निर्णयपछि अटोमेसन इमेल र अधिकांशलाई फोन गरेका थियौं । छुट्न गएका यात्रुबारे आन्तरिक छानबिन गर्नेछौं ।’ ती उपनिर्देशकले विदेशबाटै टिकट काटेर आएका केही यात्रुको फोन सम्पर्क हुन नसकेपछि इमेल पठाएको दाबी गरे । छुटेका यात्रुलाई निगमकै खर्चमा होटलमा राखिएको र वैकल्पिक उडानबाट शुक्रबारसम्म गन्तव्यमा पठाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर